२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday

मंसिर १७ देखि पालिकाबाट मतदाता नामावली सङ्कलन गरिने

काठमाडौं- निर्वाचन आयोगले आउँदो १७ गतेदेखि पालिकाहरूको केन्द्रबाट मतदाता नामावली सङ्कलन गर्ने भएको छ।

अहिले सबै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीका लागि नाम दर्ता तथा फोटो खिचाउने काम गरिरहेको आयोगले मङ्सिर १७ देखि पालिकाको केन्द्रमा टोली पठाएर नामावली सङ्कलन गर्न लागेको हो ।

हिमाली र पहाडी जिल्लाका पालिकामा १० दिन र तराईका जिल्लामा १५ दिनसम्म टोली रहने छ । निर्वाचन आयोगले इलाका प्रशासन कार्यालय रहेका ६ सय ३७ पालिकामा टोली पठाउन लागेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन।

यसैबीच आयोगले १६ वर्ष उमेर पूरा भइ नेपाली नागरिकता प्राप्त गरेका सबैलाई नाम दर्ता गराउन आग्रह गरेको छ । मतदाता नामावलीमा १८ वर्ष पूरा भएपछि मात्र नाम समावेश हुने भएपनि आयोगले १६ बर्ष पुगेका सबैको नाम दर्ता गराउँदै आएको छ ।

यस्तै मङ्सिर १७ गतेदेखि आफ्नो नागरिकता भएको भन्दा अर्को जिल्लाबाट पनि नामावली सङ्कलन गर्न सकिने आयोगले जनाएको छ ।

Related News

टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग हाम्रो आपत्ति छैन, तर नेपालको नेपालको कानुन र सामाजिक मान्यता मान्नुपर्छ: मन्त्री शर्मा
टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग हाम्रो आपत्ति छैन, तर नेपालको नेपालको कानुन र सामाजिक मान्यता मान्नुपर्छ: मन्त्री शर्मा
  • २०७८ मंसिर ६

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानुनअनुसार समाजलाई...

TOP