काठमाडौं – नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पदमुक्त गर्नमा सहयोग माग्न सभामुख अग्निप्रसाद सापकोटालाई गुहारेको छ ।
सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर नेपाल बारका पदाधिकारीहरुले प्रधानन्यायाधीश जबरालाई पदमुक्त गर्न संसदले सहयोग गर्नुपर्ने बताएका हुन।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले सडकको दबाबका भरमा राजीनामा दिन्न भनेकाले आफूहरु सभामुखसमक्ष पुगेको बताएका छन ।
महासचिव लीलालमणि पौडेलले प्रधानन्यायाधीश जबराले संसदीय सुनुवाइका क्रममा गरेका प्रतिवद्धता पूरा नगरेकाले उनलाई पदमुक्त गर्न संसदले सहयोग गर्नुपर्ने बताए।
बारसँग सभामुख सापकोटाले न्यायालयको समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने बताएका छन् । उनले आफ्नो योग्यता र क्षमताले भ्याएसम्मको सहयोग गर्ने बचन दिएका छन् ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले झण्डै एक महिनादेखि सर्वोच्च अदालत परिसरमा धर्ना र प्रदर्शन गर्दै आएको छ ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...