नेपाल पत्रकार महासंघका केन्द्रीय लेखासमिति सदस्य एवं नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य मुकुन्दप्रसाद भण्डारीलाई पितृशोक परेको छ । भण्डारीका पिता नेत्रप्रसाद भण्डारीको ६९ वर्षको उमेरमा निधन भएको हो ।
पित्तथैलीमा भएको क्यान्सरका कारण उनको कात्तिक २४ गते बुधबार राति कैलालीको धनगढी उप–महानगरपालिका– ८ स्थित निवासमा निधन भएको हो ।
नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन डोटी शाखाले शोक वक्तव्य जारी गर्दै लेखासमिति सदस्य भण्डारीका पिताजी निधनको खवरले स्तब्ध र भएको जनाएको छ । पत्रकार महासंघ तथा प्रेस युनियन डोटी शाखाका सचिव पवन महराले शोक वक्तव्य जारी गर्दै स्व. भण्डारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ ।
स्वर्गीय भण्डारीका श्रीमती, तीन छोरा र दुइ छोरी छन् ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...