डोटी- शिखर नगरपालिकाको नगर सरकार बाढी पीडित नगरबासीको घरदैलोमा पुगेको छ । लगातारको अविरल वर्षाका कारण विस्तावित भएका तथा वाढी प्रभावित जनताको घरमै पुगरे उनिहरुको अवस्थाका बारेमा जानकारी लिएको हो ।
बाढी पीडितका समस्या, बाढीले पु¥याएको क्षतिका विषयमा जानकारी लिन नगर प्रमुख नेतृत्वको टोली प्रतेक वडाहरुको भ्रमणमा रहेको छ । टोलीमा नगरप्रमुख सीताराम जोशी, उप–प्रमुख धौली देवी रावल, सम्बन्धित वडाका वडाअध्यक्षहरु, नगरका प्राविधिक, नगरका कर्मचारी, पत्रकार, सुरक्षाकर्मी र रेडक्रसका प्रतिनिधिहरु रहेका छन् ।
टोलीले नगरपालिकाको वडा नं. ११ का बाढी पीडितहरुका विषयमा जानकारी लिएको छ । त्यस्तै, वडा नं. १०, ८ र ६ का तल्लो भेगमा पीडितको घरमा पुगेर त्यहाँको अवस्थाका बारेमा जानकारी लिएको छ । बिहिबार शिखर नगरपालिको वडा नं. १ हुँदै शुक्रबार वडा नं. २ का पीडितको अवस्थाका बारेमा जानकारी लिएको नगरपालिकाले जनाएको छ । त्यस्तै वडा नं. ३ हुँदै क्रमस ११ नम्बर वडा सम्म टोली पुग्ने छ । भौगोलीक विकटता र बाढीले सडमा पु¥याएको क्षतिका कारण टोली पैदल हिँडेर बाढी पीडितका घरघरमा पुगिरहेको नगर उप–प्रमुख रावलले जानकारी दिइन् ।
पहिलो प्राथमिकथामा बाढी विस्तापितलाई राखेर उनिहरुलाई पुनस्र्थापना गर्न तिर लागी परेको नगर प्रमुख जोशीले बताए । मृतकका परिवारलाई नगरका तर्फबाट एक लाख नगद राहत उपलब्ध गराएको उनले बताए । बाढी पीडितको वास्तविक तथ्याङ्क संकलनसँगै उनिहरुको हालको अवस्थाका बारेमा जानकारी लिदै पीडित मैत्री राहत प्यागेजका लागि पहल गर्ने सोही अनुरुप प्रदेश र संघ सरकारसँग माग गर्दै एकद्वार प्रणलीबाट राहत वितरण गरिने उनको भनाई छ ।
बाढीका कारण सडक, खानेपानी, सिंचाई, विद्युत लागयतका पूर्वाआधर ध्वस्त भएको बताउँदै नगर प्रमुख जोशीले तिहार अगावै तिनको व्यवस्थापन र पुनः सेवा सूचारु गरिने बताए ।
दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...