२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

पहिरोसँगै आएको ढुङ्गा लागेर ज्यान गुमाएकी महिलाका परिवारलाई एक लाख सहयोग

डोटी- शिखर नगरपालिकाले पहिरोसँगै आएको ढुङ्गा लागेर मृत्यु भएकी महिलाका परवारलाइ राहत स्वरुप एक लाख नगद प्रदान गरेको छ । नगरप्रमुख सीतारा जोशी सहितको टोलीले मृतकको घरमै गएर उनको परिवारलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

बाढी पीडितहरुको अवस्थाका बारेमा जानकारी लिन घरमै पुगेको टोलीले नगरपालिकाका तर्फबाट एक लाख र नगरका लेखा अधिकृत रतन माझिको तर्फबाट पाँच हजार गरी एक लाख पाँच हजार मृतकका परिवारलाई हस्तान्तरण गरेको हो ।

कार्तिक २ गते पहिरोसँगै आएको ढुङ्गा लागेर नगरको वडा नं. ११ बल्यागाडाकी ३६ वर्षीय मन्धरी बलायरको मृत्यु भएको थियो ।

असोज ३१ देखि कार्तिक ३ गते सम्म परेको अविरल वर्षाका कारण शिखर नगरपालिकामा १ जनाको मृत्यु, भएको थियो भने दर्जनौ घरमा पूर्ण क्षति पुगेको थियो । त्यस्तै बाढीकै कारण सयौ भौतिक संरचनामा र हजारौ रोपनी जमिन बाढी पहिरोले बगाएको छ ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०७८ कार्तिक १२

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP