२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

नेपाल एयरलाइन्सले आज धनगढीबाट डोटी र बझाङका लागि उडान भर्ने

कैलाली- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज धनगढडीबाट सुदूरपश्चिमका दुई पहाडी जिल्लामा उडान भर्ने भएको छ। धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले आज पहिलो दिन धनगढीबाट डोटीको दीपायल र बझाङमा उडान हुने जानकारी दिए।

‘नेपालगञ्जबाट धनगढी आउने जहाजले डोटी र बझाङ उडान भर्ने तयारी छ,’ भट्टले भने, ‘डोटीको मौसम राम्रो छैन। डोटीको उडानमा केही ढिलाई हुनसक्छ।’

उनका अनुसार दुबै रुटका लागि भाडादर कायम भइसकेको छ। ‘धनगढीदेखि डोटी २ हजार ६१५ र डोटीबाट धनगढी आउन २ हजार ५१५ भाडादर कायम भएको छ,’ भट्टले भने, ‘धनगढीदेखि बझाङको ३ हजार ९९५ र बझाङदेखि धनगढी आउदा ३ हजार ८९५ भाडादर कायम भएको छ।’

बेमौसमी बर्सातसँगै आएको बाढी पहिराले पहाडी जिल्लाका राजमार्गहरु अवरुद्ध भएका कारण यातायात सेवा पनि बन्द भएकाले सस्कृति, पर्यटन तथा नागरि उड्डन मन्त्री प्रेम आलेको ठाडो आदेशमा वायुसेवा निगमले उडान सुरु गर्न लागेको हो। अहिले सुदूरपश्चिमका पहाडी जिल्लामा समिट एयरले मात्रै उडान भर्दै आएको थियो। 

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०७८ कार्तिक ७

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP