२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

डाेटीमा बाढीको वितण्डा : कहाँ कति भयाे जनधनकाे क्षती

डाेटी- लगातारकाे बर्षा , हावाहुरी र बाढी पहिराेले डाेटीमा ठुलाे जनधनकाे क्षती गरेकाे छ । पहिराेले घर पुरिदा दुइ जनाकाे गएराती मृत्यु भएकाे छ भने बिभिन्न ठाउँका ५९ घरमा क्षती भएकाे छ । क्षती भएका मध्य अधिकांस परिवार बिस्थापित भएका छन् । किसानहरूले अन्नबाली भित्राउन पाएका छैनन् भने मुख्यराजमार्ग र ग्रामिण सडकहरू बाढी पहिराेले भत्काएकाे छ । टेलिफाेन, बिधुत, माेबाईल, खानेपानी पुर्ण रूपमा क्षतीग्रस्त छन् ।


सायल गाउँपालिकाकाे वडा नं. ६ अलेतवाडा स्थित दिल बहादुर कुन्जेडाकाे घरमा पहिराे खस्दा उनका १४ बर्षिय छाेरा सागर र १० बर्षिय आशिषकाे मृत्यु भएकाे डाेटीका सिडियाे शंकर बिष्टले जानकारी दिए ।


गएराति अबिरल बर्षाका कारण माथिबाट आएकाे पहिराेले खाना खाएर सुतेका दिल बहादुर उनकी श्रीमति बासुदेवी, ७ बर्षिया छाेरी बिन्द्रा , १५ बर्षका छाेराहरू सागर तथा १० बर्षका आशिष लाई पुरेकाे थियाे ।


दिपायल सिलगढी नगरपालिकाकाे वडा नं ७ काेइराल गाउँका २० परिवार बिस्थापीत भएका छन् । लगातारकाे हावाहुरी , बर्षाका कारण पहिराे बस्तिमा आउन थालेपछि स्थानियलाई सुरक्षित स्थानमा सारिएकाे सिडियाे शंकर बिष्टले जानकारी दिए । दिपायल सिलगढी नगरपालिकाकाे उडीताेला स्थित खडक बहादुर बाेहराकाे घरमा पहिराे गएर एक हल गाेरू एक भैसी एक गाइ र २० वटा खसी बाेका मरेका छन् ।


के आई सिँह गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष हर्क बिष्टका अनुसार बिष्टले गाउँका १४ घरमा क्षती भएकाे जानकारी दिएका छन् । बिष्टका अनुसार स्थानिय नन्दा राम बिष्ट र धन बहादुर बिष्ट को घरकाे पछाडीकाे भाग पहिरोले पुरेकाे छ । बिस्थापित घरका मानिस आफन्तकोमा आश्रय लिएर बसेका छन् । त्यस्तै साेही वडाका दिर्घ सि बोगटीको घरमा पनि पहिरो गएकाे छ । शेर बहादुर बिष्ट , तेज बहादुर बिष्ट ,गणेश बिष्ट,अमर बहादुर बिष्ट,मान बहादुर बिष्ट, भिम बहादुर बिष्ट भोज राज बिष्ट ,चक्र बिष्ट जोगि बिष्ट, सन्त बिष्ट ,धना टमटा को घरका आगन भत्केको र पछाडिबाट पहिरो आएको खबर छ । वडाध्यक्ष बिष्टले महत गाउँ र लामडाडामा पनि धेरै क्षति भएको बताए ।


के. आइ.सिंह गाउँपालिका वडा नं ४ स्थित चन्केसैन गाउँका १२ परिवारका घरमा पहिराेले क्षति गरेकाे स्थानिय बासुदेव जाेशीले जानकारी दिए । उनले छविलाल जाेशीकाे कुखुरा फारममा पहिराे जाँदा ३ सय कुखुरा नष्ट भएकाे समेत बताए ।
त्यस्तै वडा नं ४ वायलमा रहेकाे पाण्डेय हाेटलमा समेत बाढी पहिराेले क्षती गरेकाे खबर छ ।


लगातारकाे बर्षाले सेती नदि तथा खाेल्साखाेल्सीहरूमा आएकाे उच्च बहाव बस्तीतर्फ पस्न थालेकाे छ ।
दुइ दिन देखिकाे लगातार पानीले सेती नदिमा अहिलेसम्मकै उच्च बहाव रहेकाे दिपायलका स्थानिय गणेश भट्टले जानकारी दिएका छन् ।
दिपायल स्थित सेती नदि र द्वारीखाेलाकाे तटमा रहेका दक्षिणकाली वर्कसप , दिनेश अटाे वर्कसप डाेटी च्याम्बरकाे नव निर्मित भवन, दिल्पेश्वर माबिकाे भवन, महादेव मन्दिर लगायत अन्य पसलहरू भने डुबानमा परिसकेका छन् । दक्षिणकाली वर्कसपमा राखिएका दुइ वटा बाेलेराे जीप पनि डुबेका छन् ।


दिपायल सिलगढी नगरपालिका वडा नं ३ का वडाध्यक्ष चक्र माझिले वडा नं २ र ३ काे सिमानामा पर्ने पुल बजारमा सेती नदि पसेर बस्ती जाेखिममा परेकाे बताए । वडाध्यक्ष माझिका अनुसार पुरानाे बजारमा रहेकाे रमेश भण्डारी र तारा पनेरूकाे घरभित्र सेती नदिकाे पानी पसिसकेकाे छ ।


पहाडी ३ जिल्ला जाेड्ने सेती पुल समेत खतरापूर्ण रहेकाे स्थानियले बताएका छन् ।

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०७८ कार्तिक २

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP