२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

शिखर नगरपालिकामा द्रुतगतिमा निर्माण हुँदै १५ शैयाको अस्पताल

डोटी- शिखर नगरपालिकामा १५ शैयाको अस्पताल निर्माण कार्य द्रुतगतिमा अगाडी बढेको छ । २०७८ वैशाख ८ गते टेन्डर आह्वान भई काम अगाडी बढाईएको उक्त अस्पताल १८ करोडको लगानीमा निर्माण भैरहेको छ ।

सुदूरपश्चिम प्रदेश भरी गत मंसिरमा एकै पटक ५४ वटा आधारभुत अस्पतालको शिलान्यास गरिएको थियो । ती मध्य शिखर नगरपालिकामा बन्दै गरेको अस्पतालको काम द्रुतगतिमा अगाडी बढाईएको छ ।

नगरपालिकाको सदरमुकाम रहेको वडा नं. ६ मा उक्त अस्पताल निर्माण हुँदै छ । अस्पतालको भवनको निर्माण कार्य सम्झौता मिति भित्रै सम्पन्न गर्ने गरी अगाडी बढेको निर्माण कम्पनिका संचालक तेज बहादुर पालले बताए । कोरोनाका कारण बीचमा कामदार नपाएका कारण चाहे जति काम हुन नसकेको उनले बताए ।

घर छेउमै आधारभुत अस्पताल निर्माण हुँदा स्वास्थ्य सेवा सुविधामा ठुलो राहत हुने शिखर नगरपालिका वडा नं ६ का प्रकाश बलायरले बताए । अस्पताल निर्माण पछि स्वास्थ्य सेवा सुविधा लिन सधै बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाई छ ।

द्रुतगतिमा बन्दै गरेको उक्त अस्पतालको १५ प्रतिसत काम सम्पन्न भैसकेको नगरपालिका प्राविधिक शाखा प्रमुख लोकेन्द्र खड्काले बताए । ‘अस्पताल दुई तले निर्माण हुनेछ । भवनसँगै वरिपरि पिच बाटो, वाल समेत निर्माण गर्नु पर्ने छ,‘खड्काले भने,‘दुई वर्षभित्रै भवन निर्माण सम्पन्न गरिसक्नु पर्ने छ, तोकिएकै अवधिमा सम्पन्न गर्ने गरी काम अगाडी बढेको छ ।’

देशैभर एकै पटक शिलान्यास भएका आधारभुत अस्पताल मध्य शिखर नगरपालिकाले सबै भन्दा अगाडी टेन्डर आह्वावन गरेको स्वास्थ्य शाखा प्रमुख हरिष शाहले बताए ।

आधारभुत अस्पतालसँगै स्वास्थ्यकर्मी र कर्मचारीका लागि आवास गृह र अन्य संरचनाका लागि पनि स्वास्थ्य मन्त्रालयसँग आह्वान गरिएको नगर प्रमुख सिताराम जोशीले बताए । नगरपालिकामा निर्माणाधिन आधारभुत अस्पतालबाट यहाँका जनतालाइ स्वास्थ्य सेवमा निकै सहज हुनेउनले बताए ।
आधारभुत अस्पतालमा तीन जना एमबिबिएस् डक्टर सहित अन्य स्वास्थ्यकर्मी र कर्मचारी लगायत सत्र जनाको दरवन्दी रहनेछ ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७८ आश्विन १४

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP