२०७८ श्रावण ८, शुक्रबार
July 23, 2021, Friday

सामाजिक अभियान्ता जोशीद्वारा जन्मदिनमा विपन्न परिवार र अक्षय कोषमा सहयोग

डोटी -मानवीय सेवामा अनेक प्रयास संस्था कैलालीका अध्यक्ष भक्तराज जोशीले तेजु स्मृती अक्षयकोष स्थापना लागि आर्थिक तथा २१ जना विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

सामाजिक अभियान्ता समेत रहेका जोशीले आफ्नो ४८ औं जन्मदिनको अवसर दिसिनपा -८ लडागडामा रहेका २१ जना विपन्न परिवारलाई सोही ठाँउमा पुगेर खाद्यान्न र अक्षयकोष स्थापनाका लागि आर्थिक समेत सहयोग गरेका हुन् ।

जोशीले प्रतिब्यक्ति २५ किलाे चामल,२किलो कालाे दाल ,१ लिटर खाने तेल, १ प्याकेट सोयबिन र १ किलाे आयोडिन नुन वितरण गर्नु साथै ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि १५ हजार १ सय ६० रुपैयाँ नगत नेपाल प्रेस युनियनका उपाध्यक्ष चक्र कुवरलाई हस्तान्तरण गरेका छन् ।

नेपाल प्रेस युनियन डोटी शाखाले संस्थापक अध्यक्ष स्व. तेज बहादुर खड्का ‘तेजु’को स्मृतिमा अक्षय कोष स्थापना गर्न लागेको छ । कोषका लागि विभिन्न, संघ संस्था व्यक्तिहरु, पत्रकार, सामाजिक क्षेत्रका व्यक्तिहरु र राजनीतिज्ञहरुले जन्मोत्सवका अवसरमा सहयोग गर्दै आएका छन् ।


हाल सम्म कोष स्थापनाका लागि सवा तिन लाखको हाराहारीमा रकम संकलन भएको शाखाका सचिव पवन महराले जानकारी दिए । लामो समय नेपाली पत्रकारीता जगतमा खर्च गरेका लोकप्रिय रेडियोकर्मी स्व. खड्काले पत्रकारिता तथा सामाजिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै उहाँलाई अमर राख्ने प्रेस युनियनको अभियानमा आफुले पनि सहयोग गरेको जोशीले बताए । उनले ‘,सेवा नै धर्म हो। मानिसले पुन्य कमाउन धेरै ठाउ धाउन पर्दैन । यस्तै असाय विपन्न तथा यस्ता जिवन्त राख्ने अभियानमा हातेमालो गरे पुग्छ।’ जन्म दिनमा फजुल खर्च गर्नुको कुनै अर्थ नभएको उनको भनाइ छ।


प्रेस युनियनले स्वर्गिय पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ । जसका लागि शाखाले विभिन्न व्यक्ति, संघसंस्थाहरुसँग सहयोगको आह्वान गरेको प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए ।


पत्रकार खड्का बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीनबर्षपछि मात्रै कंकाल भेटिएको थियो । जसको डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।


स्वर्गिय पत्रकार खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत थिए । उनि लोकप्रिय कार्यक्रम प्रस्तोता थिए । पछिल्लो समय उनि बाजुरामा रहेको रेडियो बुढीनन्दा एफएममा कार्यरत थिए । नेपाल प्रेस युनियन डोटीका अध्यक्ष बम लगायतले जोशीलाइ जन्मदिनको शुभकामना दिएका छन् ।

Related News

प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
  • २०७८ असार १९

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी ओली समूहका केही सांसदले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्...

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
  • २०७८ असार १९

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कुल सांसद संख्याको १६५ मत...

प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
  • २०७८ असार १९

काठमाडौं– जनता समाजवादी पार्टी (जसपां) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत...

TOP