२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

दिपायल धनगढी हवाई उडान मंगलबारबाट पुनः सञ्चालनमा आउने

डोटी – कोरोना महामारीका कारण बन्द रहेको दिपायल धनगढी हवाई उडान मंगलबारबाट पुनः सञ्चालनमा आउने भएको छ । गत आसोज ३० गते बाट सञ्चालनमा आएको हवाई उडान सेवा महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण बन्द गरिएको थियो ।

सरकारले निषेधाज्ञा खुकुलो पारेसँगै हवाई उडान सञ्चालन हुन लागेको हो । दिपायलबाट धनगढीका लागि र धनगढीबाट दिपायलका लागि प्रत्येक हप्ताको मंगल र शुक्रबार उडान भर्ने समिट एयरले जनाएको छ । जहाजमा कूल १८ जना सिट क्षमता रहेको छ ।

पछिल्लो समय दुई वर्ष मुनिका बालबालिकाको भाडा दर ३ सय ५०, दुई वर्ष देखि ११ वर्ष मुनिकाको भाडादर २ हजार ५ सय ५० र ११ वर्ष भन्दा माथिका यात्रुको भाडा ३ हजार ४ सय ५० निर्धारण गरिएको नन्दनसिंह कार्कीले बताए । जहाजको टिकट डोटीको दिपायलमा रहेको होटेल रिभर साईडबाट बुकिङ्ग गर्न सकिने छ । टिकट बुकिङ्गका लागि ०९४–४१२०६८, ९८५८४२२४२८, ९८०१७२२४२८ मा सम्पर्क गर्न सकिने छ ।

निजी क्षेत्रको विमान कम्पनी समिट एयरले डोटीसँगै सूदुरपश्चिमका पहाडी जिल्लाहरु बझाङ, अछाम र बैतडीबाट पनि धनगढीका लागि उडान भर्ने जनाएको छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७८ असार १९

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP