२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

घरमा बसेर सरकार सञ्चालन गरिरहेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले लकडाउनका बेला घरमै बस्न जनतालाई आह्वान गरेका छन् ।

आफू घरमै बसेर सरकार सञ्चालन गरिरहेको दृष्टान्त दिँदै प्रधानमन्त्री ओलीले जनतालाई पनि घरमै बस्न आग्रह गरेका हुन् ।

बुधबार आफ्ना सामाजिक सञ्जालमा फोटोसहित ट्वीट गर्दै प्रधानमन्त्री ओलीले लकडाउनका बेला पनि सुरक्षित रहन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी सबै अहिले लकडाउनमा छौं, अर्को घोषणा नहुञ्जेल घरमै बस्नुस्।’

कोरोना भाइरसका कारण उत्पन्न हुनसक्ने जोखिम कम गर्न सरकारले देशभर लकडाउन गरेको छ । सरकारले ११ गतेदेखि चैत १८ गतेसम्म लकडाउन घोषणा गरेको छ ।

Related News

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन
सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन
  • २०७६ चैत्र १२

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन काठमाडौं —...

TOP