२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु

बैतडी– बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ की २४ वर्षीया सुनीता पेलाको भीरबाट लडेर मृत्यु भएको हो। 

शनिबार बिहान ११ बजेतिर घरभन्दा करिब ५ सय मिटर टाढा जंगलमा घाँस काट्न गएकी उनी भीरबाट लडेर घाइते भएकी थिइन्।

घाइते उनलाई उपचारका लागि स्थानीय गीरेगडा स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ असार ५

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP