२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

महाकाली नदीको तटीय क्षेत्रमा बाढीको उच्च जोखिम, सतर्क रहन प्रशासनको अनुरोध

कञ्चनपुर- महाकाली नदीको तटीय क्षेत्रमा बाढीको उच्च जोखिम रहेको भन्दै प्रशासनले सतर्क रहन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै कञ्चनपुर जिल्लाको तटीय क्षेत्रमा शुक्रबार बेलुका पानीको बहाब उच्च रहने सम्भावना रहेकाले सतर्क रहन अनुरोध गरेको हो ।

दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरसहित चुरे क्षेत्रमा निरन्तर पानी परिरहेको छ। महाकाली नदीमा पानीको बहाव बढेकाले नदी आसपासका नागरिकलाई सुरक्षित रहन र नदीमा नजान आग्रह गरेको हो।

महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाको अपडेट अनुसार महाकाली नदी दार्चुला स्थित दत्तुको बाढी मापन केन्द्रमा जलसतह ५.८० मिटर र परिगाउँ डडेल्धुरामा जलसतह ३.५० मिटर पुगेको छ । जलसतह बढ्दो क्रममा रहेको एवं माथिल्लो क्षेत्रमा हल्का बर्षा जारी रहेकोले महाकाली नदीको कञ्चनपुर तटीय क्षेत्रमा बाढी आउन सक्ने जोखिम रहेको बताइएको छ ।

बाढीको जोखिम रहेकोले सो क्षेत्रमा नजान, जोखिम आंकलन गरि सुरक्षित स्थानमा स्थानान्तरण हुन एवं उच्च सतर्कता अपनाउन सम्बन्धित सवैलाई जानकारी गराएको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ असार ४

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP