२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

पूर्वीचौकीमा खेल मैदान निर्माणमा विवाद : वडा कार्यालयमा तीन दिन देखि ताला

डोटी- पूर्वीचौकी गाउँपालिका–५ काँडामाण्डौको वडा कार्यालयमा ताला लगाईएको छ । खेल मैदान निर्माणमा एकलौटी उपभोक्ता समिति बनाएर अनुपयुक्त ठाउँमा निर्माण गर्न लागेको भन्दै स्थानीयहरुले ताला लगाएका हुन् ।

गाउँपालिका स्तरिय खेल मैदान निर्माणका लागि ३० लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाको क्रमागत योजनामा रहेको उक्त खेल मैदान निर्माणमा विवाद सिर्जना भएपछि स्थानीयले काम रोक्न माग गर्दै ताला लगाइएको नेपाली कांग्रेसका वडा सभापति खडक साउदले बताए ।

विवाद समाधान पछि मात्रै काम सुरु गर्नु पर्ने, उपभोक्ता समितिमा हेरफेर गर्नु पर्ने र सबैलाई पाएक पर्ने ठाउँमा मैदान निर्माण गर्नु पर्ने माग राख्दै स्थानीय युवाहरुले बीहिबार देखि ताला लगाएको स्थानीय युवा रतन थापाले बताए । गाउँपालिकाका अध्यक्षको अध्यक्षता बैठक बसेर विवाद समाधान गर्नु पर्ने स्थानीयको माग छ ।

खेल मैदान सामुदायीक वनमा निर्माण हुँदै छ । एकलौटी उपभोक्ता समिति बनाएर वडा कार्यालयको सिफारिस विना विवादका बीच खेल मैदान निर्माण गर्न लागिएको स्थानीयको आरोप छ । गाउँपालिकाका अध्यक्षको पाएक पर्ने गाउँ नजिक खेल मैदान बनाउन लागेको भन्दै अन्य गाउँका युवाहरु विरोधमा उत्रिएका हुन् ।

खेल मैदान सबैको पाएक पर्ने काडामाण्डौं मावि वा सोही नजिकको सामुदायक वनमा बनाउँनु पर्नेमा गाउँपालिका अध्यक्षको गाउँ नजिकको वनमा बनाएको भन्दै स्थानीयले ताला लगाएको वडा अध्यक्ष पदम बहादुर धानुकले बताए । उपभोक्त समिति र निर्माण स्थलका विषयमा विवाद भएपछि आफुले वडाबाट सिफारिस नदिएको उनले बताए । विवाद समाधान पछि निर्माण कार्य गर्नु पर्ने भए पनि एउटा उभोक्ता समितिले काम सुरु गरिसकेको वडाध्यक्ष धानुकले बताए ।

असार मसान्त सकिनै लाग्दा गाउँपालिकाले हतारमा उक्त योजनाको सुरुवात गरेको छ । निर्माण कार्य सुरु गरेको ४÷५ दिन मात्रै भएको छ । असार मसान्तको केही दिन भित्रै ३० लाख वजेट सक्ने गरेर भएको उक्त काम पारदर्शी हुनेमा स्थानीयले शंका गरेका छन् ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ असार ४

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP