२०७८ श्रावण ८, शुक्रबार
July 23, 2021, Friday

रहेनन् डोटी क्याम्पसका उप–प्राध्यापक शाह

डोटी- डोटी बहुमुखी क्याम्पसका उप–पाध्यापक सुदर्शन शाहको निधन भएको छ । त्रिभुवन विश्व विद्यालय प्राध्यापक संघ डोटी क्याम्पसका सभापति समेत रहेका शाहको ४६ वर्षको उमेरमा निधन भएको हो । उनि लामो समय देखि शिक्षण पेशामा आबद्ध थिए ।

मिर्गौला पीडित उनको शनिबार दिउँसो २ः१५ बजे उपचारका क्रममा कोहोलपुर मेडिकल कलेजमा निधन भएको उनका भाई हरिश शाहले बताए । मृतक शाहको उपचारका लागि ९ गते देखि धनगढीका विभिन्न अस्पताल हुँदै कोहलपुर लगिएको थियो । दुबै मिर्गौलाले काम गर्न छोडेपछि डायालिसिस् बिधिबाट उपचार गरिदै थियो । उपचारका क्रममा उनमा कोरोना संक्रमण दखिए पनि शनिबार बिहानको रिपार्ट नेगेटिभ आएको थियो ।

दिपायल सिलगढी नगरपालिका–४ निवासी शाहका श्रीमती, दुई छोरी र एक छोरा छन् । मृतक शाहको शव डोटी ल्याइदै छ । उनको दाहसंस्कार आइतबार हिन्दुपरम्परा अनुसार गरिने आफन्तले जनाएका छन् ।

दिवंगत आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली । परिवारजनमा समवेदना ।

Related News

प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
  • २०७८ जेष्ठ २९

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी ओली समूहका केही सांसदले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्...

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
  • २०७८ जेष्ठ २९

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कुल सांसद संख्याको १६५ मत...

प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
  • २०७८ जेष्ठ २९

काठमाडौं– जनता समाजवादी पार्टी (जसपां) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत...

TOP