२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

रहेनन् सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मल्ल, कोरोनाले लियो ज्यान

कैलाली– सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ। पूर्व प्रदेश प्रमुख मल्लको कोरोना भाइरसको संक्रमणबाट निधन भएको उनका पूर्व स्वकीय सचिव धनसिँह क्षेत्रीले बताए।

कैलालीको भजनीका स्थानीय मल्लको काठमाण्डौमा उपचारका क्रमममा निधन भएको हो। उनको बुधबार राति ११ बजे निधन भएको पूर्व स्वकीय सचिव क्षेत्रीले बताए।

‘उहाँलाई एक हप्ता पहिले कोरोना संक्रमण देखिएको थियो,’ क्षेत्रीले भने, ‘काठमाडौँमा उपचार गराइरहनु भएको थियो । हिजो राति ११ बजेतिर मृत्यु भयो ।’ निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित मल्लको बिहीबार अन्त्येष्टि गरिने बताइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रहेका उनी काँग्रेसमा प्रवेश गरेका थिए। उनी पूर्व राष्ट्रिय पञ्चायतका सदस्य समेत रहेका थिए। तत्कालीन प्रधानपञ्च समेत रहेका मल्ललाई २०७४ सालको माघमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेका थिए। उनी २०७६ सालको कार्तिक १७ गते पदमुक्त भएका थिए। 

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ जेष्ठ १३

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP