२०८१ मंसिर १८, मंगलवार
December 3, 2024, Tuesday

प्याब्सन धनगढीद्वारा अक्सिजन प्लान्ट जडानका लागि आर्थिक सहयोग

कैलाली- प्याब्सन धनगढीले अक्सिजन प्लान्ट स्थापना गर्नका लागि आर्थिक सहयोग गरेको छ । धनगढी उप–महानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्टका लागि प्याब्सनले दुई लाख ६२ हजार पाँच रुपैया सहयोग गरेको हो ।

धनगढी क्षेत्र भित्रका आफ्ना सदस्य विद्यालयबाट आर्थिक संकलन गरि उप–महानगरपालिकालाई हस्तान्तरण गरिएकोे प्याब्सनले जनाएको छ । संकलित रकम बराबरको चेक शुक्रबार प्याब्सन कैलालीका वरिष्ठ उपाध्यक्ष एबम् अर्थ संकलन समितिका संयोजक टोपेन्द्र शाहले नगर प्रमुख नृपबहादुर वडलाई हस्तान्तरण गरेका हुन् । रकम ग्रहण गर्दै नगर प्रमुख वडले प्याब्सन धनगढीलाई अक्सिजन प्लान्ट जडानमा सहयोग गरेकोमा धन्यबाद ज्ञापन गर्दै संकलित रकमको सहि सदुपयोग हुने गरी पारदर्शी रुपमा प्लान्ट स्थापना गरिने बताए ।

सुदूरपश्चिममा नयाँ भेरिएन्टको कारोना भाइरसको महामारी फैलिएसँगै बिरामीहरुले अक्सिजन अभावका कारण ज्यान गुमाउनुपर्ने अवस्था भएकाले त्यसबाट बचाउनका लागि रकम संकलन गरेर सहयोग गरेको प्याब्सन उपाध्यक्ष शाहले बताए । अक्सिजन अभावका कारण दैनिक बिरामीहरुले ज्यान गुमाइरहेका छन्, शाहले भने,‘आँखै अगाडी ज्यान गुमाइरहेका बिरामी देख्दा मन नै थाम्न सकिन्न, यस्तो अवस्था देख्न नपरोस् भनेर हामीले पनि रकम संकलन गरी महानगरपालिकाको अभियानमा साथ दिएका हौं ।’

कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्य हरि रेग्मी , प्याब्सन धनगढीका सल्लाहकार भुपेन्द्र बलायर अर्थ संकलन समितिका सदस्य त्रय गोपाल शर्मा, जगन्नाथ जोरा र विक्रम शर्माको समेत उपस्थिती रहेको थियो ।

Related News

उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
  • २०७८ जेष्ठ ७

दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...

TOP