२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

निषेधाज्ञामा यात्रु बोक्ने दुई जना चालक र जीपलाई संक्रामक रोग ऐन अनुसार कारबाही गर्न सिफारिस

डोटी– जिल्ला प्रहरी कार्यालय डोटीले निषेधाज्ञाको उलङ्घन गर्दै यात्रु बोक्ने दुई वटा जीप र चालकलाई नियन्त्रणमा लिएको छ । बुधबार राती यात्रु बोकेर अछामबाट कैलाली तर्फ जाँदै गरेका दुई वटा जीपलाई दिपायलबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

सानागाउँको इन्ट्री पोष्ट र जिल्ला प्रहरी कार्यालयको चेकपोष्टमा रोक्न खोज्दा भागेको से १ ज १०४७ र बा १३ च ३३७१ नम्बरको जीप दिपायलबाट राती १ बजेको समयमा नियन्त्रणमा लिइको प्रहरीले जनाएको छ । चेकपोष्ट छल्दै भागेको गाडी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्लको कमाण्डमा रहेको प्रहरी टोलीले बाटो अबरोध गरेर नियन्त्रणमा लिएको थियो ।

पास बिना कोरोना महामारीको व्यवास्ता गर्दै यात्रु बोकेको भन्दै जीप र चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने जीपमा सवार यात्रुलार्ई जिम्मा जमानिमा छोडिएको छ । चालक र गाडीलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा (१) बमोजिम आवस्यक कारबाहीका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पठाईएको प्रहरी उपरीक्षक मल्लले बताए ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७८ जेष्ठ ७

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP