२०८१ बैशाख ४, मंगलवार
April 16, 2024, Tuesday

अस्पतालले बिरामीलाई अक्सिजन ल्याउन लगाए कारबाही हुने

काठमाडौं– अस्पतालले बिरामीलाई नै अक्सिजन लिएर आउन आग्रह गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले एक सूचना जारी गर्दै कुनै अस्पतालले बिरामीलाई नै अक्सिजन ल्याउन लगाएको पाइए कारबाही गर्ने जनाएको छ। 

सूचनामा भनिएको छ, ‘केही अस्पतालले बिरामीलाई अक्सिजन लिएर आउने भए मात्रै उपचार गर्ने भन्ने सुन्नमा आएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। अक्सिजन जस्तो औषधीय विषय बिरामी वा आफन्तलाई नै लिएर आउनु भन्नै नहुनेमा कँही कतै कसैले यस्तो गर्ने गर्नुभएको छ भने नर्गन, नगराउनु हुन अनुरोध छ। कसैले गरेको पाइएमा नियमानुसार कारबाहीसमेत हुनसक्ने व्यहोरा सम्बन्धित सबैमा अनुरोध छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सूचना व्यवस्थापन इकाईमार्फत् प्राप्त तथ्यांकमा आधारित भई स्वीकृत मापदण्डभित्र रही देशभरका अस्पतालहरुमा अक्सिजन आवश्यकताअनुसार उपलब्ध गराउने कार्य भइरहेको पनि मन्त्रालयले जनाएको छ। 

देशभरका अस्पतलामा आवश्यकता अनुसार अक्सिजन उपलब्ध गराएको जनाएको मन्त्रालयले छ। मन्त्रालयले कोरोना संक्रमितहरुको उपचार गरिरहेका काठमाडौं उपत्यकाका हरेक अस्पतालहरुको सूचना व्यवस्थापन प्रणालीमार्फत् अनलाइन रेकर्ड राख्ने गरेको सूचनामा उल्लेख छ।

ईमरजेन्सी, हाई डिपेन्डेन्सी यूनिट, आईसीयू तथा वार्डमा कति संक्रमित छन् उनीहरुको अवस्था के बुझी र रियल टाइम मोनिटरका आधारमा अस्पतालहरुमा अक्सिजन दिने पनि मन्त्रालयले जनाएको छ।

Related News

मेरो प्रमुख जिम्मेवारी प्रभावकारी न्याय प्रशासनः प्रधान न्यायाधीश श्रेष्ठ
मेरो प्रमुख जिम्मेवारी प्रभावकारी न्याय प्रशासनः प्रधान न्यायाधीश श्रेष्ठ
  • २०७८ जेष्ठ ३

प्रधान न्यायाधीश श्रेष्ठलाई गृह जिल्लामा नागरिक अभिनन्दन दिपायल- सर्वाेच्च अदालतका...

TOP