डोटी- सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टमा कोरोना संक्रमण देखिएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्रीलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
वैशाख २७ गते परीक्षणका लागि स्वाव दिएका मुख्यमन्त्री भट्टमा कोरोना संक्रमण पुष्टि भएको नीजि सचिवालयले जनाएको छ ।
स्वकीय सचिव प्रेम कुँवर ‘प्रख्यात’ले मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण भएको पुष्टि गर्दै उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । कोरोनासँग मिल्ने लक्षण देखिए पछि चिकित्सकको सल्लाह अनुसार परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
मुख्यमन्त्री भट्टको सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमरको निगरानीमा होम आइसोलेसनमै उपचार भैरहेको छ ।
सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा...