डोटी– कोरोना महामारीका बीच फ्रण्ट लाइनमा रहेर काम गरिरहेका सञ्चारकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । युवा संघ (माधव नेपाल समुह) का केन्द्रीय सदस्य नरेश बोगटीले सर्जिकल मास्क, साबुन र सेनेटाइजर वितरण गरेका हुन् ।
बोगटीले आफ्नै व्यक्तिगत स्रोतबाट जिल्ला प्रहरी कार्यालय डोटी, इलाका प्रहरी कार्यालय दिपायल र जिल्लामा क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।
कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै फ्रण्ट लाइनमा रहेर महामारी नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मी र सञ्चारकर्मीलाई आफु सुरक्षित भएर काम गर्न सहज होस् भन्ने उद्येश्यले सामग्री उपलब्ध गराएको बोगटीले बताए ।
बोगटान फुड्सील गाउपालीकाको कृर्षी शाखामा करार सेवाका कार्यरत कर्मचारी बोगटीले यस अघि पनि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् ।
बोगटीले वितरण गरेको स्वास्थ्य सामग्रीले सञ्चारकर्मीहरुलाई राहत पुगेको नेपाल पत्रकार महासंघ डोटीका उपाध्यक्ष अरुण बलमे बताए ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...