२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

डोटीका थप २१ जनामा कोरोना संक्रमण पुष्टि : संक्रिय संक्रमितको संख्या ४ सय २२ पुग्यो

डोटी- पछिल्लो २४ घण्टामा डोटीका थप २१ जनामा कारोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोग शालामा गरिएको परीक्षणमा १८ जना पुरुष र ३ जना महिला गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार बडिकेदार गाउँपालिकाका १२ जना र केआईसिंह गाउँपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार ९ सय ४० पुगेको छ ।

डोटीमा हाल ४ सय २२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित ३ जनाको उपचारका क्रममा जिल्लामा निधन भएको छ भने केही रिफर गरिएका संक्रमितहरुको अन्य जिल्लामा निधन भएको छ ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७८ बैशाख ३०

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP