२०८० मंसिर २०, बुधबार
December 6, 2023, Wednesday

शिखर सरकारले जनताको घरघरमा औषधी र स्वास्थ्य सामग्री पु¥याउने

डोटी- शिखर नगरपालिकाले जनताको घरघरमा अत्यावस्यक औषधी र स्वास्थ्य सामग्री पु¥याउने भएको छ । नगरले दिर्घ रोगी र बिरामीहरुका लागि स्वास्थ्यकर्मी सहित औषधी र स्वास्थ्य सुरक्षका सामग्रीहरु मास्क सेनेटाइजर घरघरमै गएर वितरण गर्ने जनाएको छ ।

स्वास्थ्यकर्मी र जनप्रतिनिधिको टोली नगरका हरेक वडामा पुगेर बिरामीको स्वास्थ्य चेकजाँच समेत गर्ने छ । स्वास्थ्य चेकजाँच, औषधी र स्वास्थ्य सामग्री वितरणसँगै जनस्वास्थ्यको अवस्था र कोभिड संक्रमणको अवस्थाका बारेमा पनि जानकारी लिने नगर प्रमुख सिताराम जोशीले बताए । नगर प्रमुख जोशीले नगरमा कोराना भाइरसको संक्रमण दर उच्च रहेका कारण अत्यावस्यक काम बाहेर बाहिर ननिस्किन, भिडभाड नगर्न र सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अनुरोध गरेकाछन् ।

आइतबारबाट औषधी र स्वास्थ्य सामग्री सहित स्वास्थ्यकर्मीको टोली खटाइने उप–प्रमुख धौली देवी रावलले बताइन् । उनले भारत तथा अन्य मुलुकबाट आएका नगरबासीलाई अनिवार्य होम आइसोलेसनमा बस्न र गाउँ घरमा घुलमिल नहुन आग्रह गरेकीछिन् ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७८ बैशाख ३०

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP