डोटी- डोटीमा निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय डोटीले सूचना जारी गर्दै जेठ १५ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरिएको जनाएको छ ।
जिल्लामा कोरोना भाइरस कोभिड १९ को संक्रमण दर उच्च रहेका कारण संक्रमणको रोकथाम र नियन्त्रणका लागि जेठ १५ गते सम्मका लागि निषेधाज्ञा थपिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी सुनील खनालद्वारा अस्ताक्षर गरिएको निषेधाज्ञा आदेशमा बिहान ६ बजे देखि ९ बजे सम्म र साँझ ५ बजे देखि ७ बजे सम्म मात्रै खाद्यान्नका पसलहरु खुल्ने जनाएको छ । अत्यावश्यक बाहेक सवारी पास बन्द गरिएको छ भने स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य अपनाउन भनिएको छ ।
अत्यावस्यक बाहेकका बैंकिङ्ग सेवाहरु पनि बन्द रहने र एटिएम मात्रै सुचार रहने प्रशासनले जनाएको छ । प्रशासनले बैशाख २१ गतेबाट ३१ गते सम्मका लागि जारी गरिएको निषेधाज्ञा जेठ १५ गते सम्म थप गर्ने निर्णय गरेको हो ।
काठमाडौं – सरकारले कानुनविद्हरूको सल्लाह सुझावका आधारमा रेशम चौधरीलाई रिहाइ...