२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

कांग्रेस , माओवादी र जसपा मिलेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ। सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको बैठकले कांग्रेसको नेतृत्वमा सरकार बनाउन आवश्यक प्रयत्न गर्ने निर्णय गरेको छ।

सहमहामन्त्री डा. प्रकाश शरण महतले प्रधानमन्त्री ओली बिश्वासको मत लिन बाट असफल भैसकेपछी स्वभावत: प्रमुख प्रतिपक्षी दलका हैसियतमा सरकार बनाउने दाबी कांग्रेसले गर्ने बताए।

उनले कांग्रेस , माओवादी र जसपा मिलेर सरकार बनाउने तर्फ छलफल अघि बढेको बताए। दुई वा दुई भन्दा बढी दलहरु मिलेर सरकार बनाउन राष्ट्रपतिबाट आव्हान भए अनुसार दिएको समय सिमा भित्र सरकार बनाउने दावी समेत नेता महतले गरे।

बैठकले जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाउने कोसिस गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले बताए ।

जसपाभित्र त बिवाद छ नि? भन्ने पत्रकारको जिज्ञासामा नेता महतले भने ‘३० गते सम्मको समय अझै बाकी छ नि , परिस्थिति बदलिन सक्छ।’ यसअघि आजै सभापति देउवाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसंग पनि भेटवार्ता गरेका थिए ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ बैशाख २८

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP