काठमाडौं – कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ । सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र काठमाडौंको बैठकले निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो ।
थप कडाइका साथ निषेधाज्ञा लागू गरिने बताइएको छ । थप १५ दिन लम्ब्याउने निर्णय सँगै अब जेठ १२ गतेसम्म निषेधाज्ञा लागू हुने भएको हो ।
काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...