२०८१ बैशाख ६, बिहीबार
April 18, 2024, Thursday

संसदीय टोलीलाई श्रमिकका प्रश्न– समस्या उही, उपाय खोई ?

२५ फागुन, यूएई । खाडीमा रहेका घरेलु कामदारको अवस्था अध्ययन गर्न संयुक्त अरब इमिरेट्स (युएई) आइपुगेको संसदीय टोलीसँग यहाँ कार्यरत कामदारले आक्रोश पोखेका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तव नेतृत्वको टोलीसँग श्रमिकका समस्या समाधानमा सरकार उदासीन बनेको भन्दै त्यहाँ कार्यरत नेपालीले असन्तुष्टि पोखेका हुन् ।

श्रमिक नेपाली कामदार

ओमान र साउदी अरबको भ्रमण सकाएर शुक्रबार युएई आइपुगेको टोलीले शनिबार नेपाली दूतावास आबुधावीमा त्यहाँ कार्यरत कामदारसँग छलफल गरेको थियो । छलफलमा सहभागीहरूले घरेलु कामदार, भिजिट भिसा र अन्य कारण कामदार कार्यरत देशमा अलपत्र पर्दा नेपाल सरकार र सम्बन्धित देशमा रहेका नेपाली दूतावासको हेलचेक्याइँले कामदारको समस्या समाधानमा ढिलाइ हुने गरेको गुनासो गरे ।


Advertisement


समस्या उही , उपाय खोई ?

तत्कालीन संसदीय समितिले ०७३ चैत २० मा घरेलु कामदार पठाउन पूर्ण रूपमा रोक लगाएपछिको अवस्था बुझ्न संसदीय टोली नेपाली घरेलु कामदारको बाहुल्यता रहेको ओमान, साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई)को अध्ययन गर्न खाडी मुलुक आएको हो ।राज्य कोषको फजुल खर्चमा एउटै विषयमा पटकपटक भ्रमण भए पनि अवस्था उस्तै रहेको भन्दै नेपाली श्रमिकहरूले फजुल खर्च नगर्न सुझाएका छन्

घरेलु कामदारको सुरक्षा प्रत्याभूति गर्नका लागि चालेका नीति, अभ्यास र अवस्थावारे अध्ययन गर्न टोली निस्किएको थियो ।टोली खाडी भ्रमणमा निस्किएदेखि नै असन्तुष्ट रहेका यी देशमा कार्यरत नेपालीले आफ्ना कुरा राख्ने मौका पर्खिए ।

‘बर्सेनि खाडी मुलुकको भ्रमण हुन्छ । टोलीमा आउने सदस्यहरू फेरिरहनुहुन्छ । तर खाडीमा कार्यरत कामदारका समस्या वर्षौदेखि फेरिएका छैनन्’, सहभागी एक नेपाली श्रमिकले प्रश्न गरे, ‘हामीले बर्सेनि तपाईंहरूलाई एउटै समस्या सुनाइरहेका छौं । घरेलु महिलामाथिको प्रतिबन्ध कहिले हट्छ ? भिजिट भिसाको समस्या रोकिएन् झनै बढ्यो । काठमाडौंबाट युएई आउने जहाज हेर्नुस्, आउनेको ताँती देख्नुहुन्छ । कामदार समस्यामा परेर दूतावासमा सम्पर्क गर्दा फोन किन उठ्दैन ?’
कार्यक्रममा सहभागी नेपाली श्रमिकहरूले घरेलु कामदारको वर्षोंदेखिको समस्या समाधान गर्न, भिजिट भिसालाई व्यवस्थित गर्न, समस्यामा परेका कामदारको उद्धारमा सक्रिय बन्न पनि पनि सरकारलाई आग्रह गरे ।

एनआरएन यूएईका अध्यक्ष प्रकाश कोइराला, प्रवासी नेपाली एकता मञ्च यूएईका संयोजक बाबुराम विश्वकर्मा, सह–संयोजक श्याम पाठक, नेपाली व्यवसायी सुमन पराजुली, शंकर श्रेष्ठ, गायक तथा सामाजिक अभियान्ता प्रकाश पौडेललगायतले राज्य कोषको फजुल खर्चमा एउटै विषयमा पटकपटक भ्रमण नगर्न टोलीलाई सुझाए ।

ओमान र युएई सुरक्षित, साउदी जोखिमपूर्ण

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ओमान र यूएईमा घरेलु कामदार सुरक्षित रहेको जनाएका छन् । साउदी अरबमा भने अझै पनि जोखिमपुर्ण अवस्था रहेको उनले बताए । साउदीमा कार्यरत कामदारहरूसँगको छलफलमा त्यहाँ कार्यरत कामदारले घरेलु कामदार ल्याउन नहुने धारणा राखेको उनले जानकारी दिए ।

प्रतिबन्ध फुकुवा गर्ने सन्दर्भमा भने कामदार कार्यरत मुलुक अनुसार अध्ययन गरेर प्रतिवेदनका आधारमा खोल्न सकिने संकेत गरे ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले दबाव र प्रभावमा परेर घरेलु कामदारमाथिको प्रतिबन्ध खोल्ने वा बन्द गर्ने भन्ने विषयमा सत्यता नरहेको बताए । उनले भने, ‘व्यवसायी र एनजीओको दबावमा घरेलु कामदारमाथिको प्रतिबन्ध खुल्ने कुरामा सत्यता छैन ।’

तेस्रो देश हुँदै खाडी मुलुक पुगेका घरेलु कामदार बिदामा गएर पुनः पहिलेकै राजगारदाताकोमा फर्किन सकेका छैनन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले ०७६ भदौ १९ मा श्रमस्वीकृति लिएर गएका घरेलु कामदारलाई मात्रै पुनःश्रमस्वीकृति दिने बाटो खोलेको थियो । तर अघिल्लो पटक श्रमस्वीकृति लिएर अहिले रोजगारदाता परिवर्तन गरेकाहरूले भने नेपाल फर्किएर आफ्नो परिवार भेट्नबाट वञ्चित हुनुपरेको छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७६ फाल्गुन २५

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP