२०८१ बैशाख १३, बिहीबार
April 25, 2024, Thursday

डोटीका २३ सहित सुदूरपश्चिमका ७८५ जनामा कोरोना पुष्टि : ६४ जनाले कोरोना जिते

डोटी- पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरेर कूल १८३२ नमूना परीक्षण गर्दा ७८५ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। 

पीसीआर विधिबाट परीक्षण गर्दा ६२३ जना संक्रमित भेटिएका छन् भने, ऐन्टिजेन विधिबाट परीक्षण गर्दा १६२ जना संक्रमित फेला परेका छन्। 

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल बैतडी, बझाङ अस्पताल र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १२४५ जनाको नमूना परिक्षण गर्दा थप ५८७ जनामा संक्रमण पुस्टि भएको निर्देशनालयले जनाएको  छ। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ६५० नमूना परीक्षण गर्दा ३६९ जना, डडेल्धुरा अस्पतालमा ११७ नमूना परीक्षण गर्दा ६३ जना, डोटी अस्पतालमा ५४ नमूनाको पिसिआर परीक्षण गर्दा १८ जना र २८ नमूनाको एन्टिजेन परीक्षण गर्दा ५ जना गरी २३ जना, बैतडी अस्पतालमा १६३ नमूना परीक्षण गर्दा ५८ जना, बझाङ अस्पतालमा १९४ नमूना परीक्षण गर्दा ५८ जना  र अछामको कमलबजार अस्पतालमा १०९ जनाको नमूना परीक्षण गर्दा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा १ लाख ७७ हजार ७९४ नमूना परीक्षण गर्दा २१ हजार ६१८ जनामा संक्रमण फेला परेको छ। 

प्रदेशभर संक्रमण पुस्टि भएका १४ हजार ५११ जनाले कोरोना जितेका छन् भने, १६२ जनाको मृत्यु भएको छ।

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने, ६४ जना संक्रमित निको भएका छन्।

Related News

एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
  • २०७८ बैशाख २४

काठमाडौं- सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर...

TOP