२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

सुदुरपश्चिम प्रदेश प्रमुख यादबद्धारा पदभार ग्रहण

धनगढी- नवनियुक्त सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगाप्रसाद यादवले शुक्रवार पदभार ग्रहण गरेका छन् ।

धनगढी आएको लगत्तै प्रदेश प्रमुख यादवले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले नेपालको प्रचलित कानून र संविधान बमोजिम काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख यादब गृह जिल्ला सप्तरीबाट बिहीबार धनगढी आइपुगेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २० गते यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

सोही दिन मन्त्रीपरिषदको सिफारिशमा राष्ट्रपतिबाट तत्कालिन प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई हटाइएको थियो ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७८ बैशाख २४

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP