२०८१ माघ २, बुधबार
January 15, 2025, Wednesday

टिकटक मोहले लियो १८ वर्षीय युवकको ज्यान

टिकटक बनाउने क्रममा लडेर १८ वर्षीय युवकको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर धरान–५ का १८ वर्षीय सुवास परियारको मृत्यु भएको हो ।
धरानबाट ओखलढुङ्गा तर्फ जाँदै सुमोमा चढेका उनी उदयपुरको हर्देनीमा सुमो बिग्रिएपछि ओर्लिएर भिरमा टिकटक बनाउन थालेका थिए ।

टिकटक बनाउँदै गर्दा भिरबाट लडेर उनी गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक एसपी (एसपी) भिमप्रसाद दाहालका अनुसार घाइते परियारलाई कटारी अस्पताल लैजादै गर्दा बाटामै मृत्यु भएको हो ।

घटनास्थलमा प्रहरी टोली गइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Related News

पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
  • २०७८ बैशाख २४

दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...

TOP