नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट हटाएरै छाड्ने संकेत गरेकी छिन्। झाँक्रीले विम्वात्मक शैलीमा कडा ट्वीट गर्दै आफूहरु डुबेर भए पनि ओलीलाई नछाड्ने उद्घोष गरेकी हुन्।
प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने दिन नजिकिदै जाँदा झाँक्रीले ‘हामी त डुब्छौं नै, तिमीलाई पनि लिएरै डुब्छौं’ भन्ने आशयको ट्वीट गरेकी छन् ।
नेतृ झाँक्रीले डुब्नबाट जोगिने हो भने ओलीलाई किनारा खोज्न र दम्भ त्याग्न आग्रह गरेकी छिन् । ‘हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदि तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड।’
झाँक्रीले डुब्नबाट बच्नका लागि किनारा अर्थात समाधान खोज्न अध्यक्ष ओलीको ध्यानाकर्षण समेत गराएकी छन्।
माधव नेपाल समूहका नेताहरुले प्रधानमन्त्री ओलीले वार्ता सम्वाद नगरेमा, फागुन २८ को फिर्ता नलिएमा फ्लोर क्रसदेखि सामूहिक राजीनामासम्मको विकल्पमा जानुपर्ने अवस्था आउने बताइरहेका छन्।
दिपायल –शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले किसान र कृषकलाई...