सुदूरपश्चिम प्रदेश सरकारले थप ५० बेडको अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालनको तयारी थालेको छ ।
प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयले धनगढीको कोरोना अस्पताल छेउमै अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालनको लागि काम थालेको हो ।
धनगढी स्थित हाल संचालनमा रहेको कोरोना अस्पताल नजिकैको शुभम आवास गृहको हलमा थप ५० बेडको अक्सिजन सहितको आइसोलेसन वार्ड संचालनको कार्य भईरहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।
दिपायल । समस्याग्रस्त सहकारीका ६ हजार धेरै बचतकर्ताको बचत फिर्ता...