२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

सुदूरपश्चिम सरकारले कोरोना नियन्त्रणका लागी ४४६ जना स्वास्थ्यकर्मी थप्ने

डोटी- कोरोना भाईरस कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागी सुुदूरपश्चिम प्रदेश सरकारले बिभिन्न पदमा ४ सय ४६ जना स्वास्थ्यकर्मी भर्ना गर्ने भएको छ । रिक्त रहेको दरबन्दी र थप आबश्यकता रहेको ठाउँमा करार भर्ना गर्नका लागी सुदूपश्चिम प्रदेश सरकार मन्त्री परिषद्को बैठकले दरबन्दी स्वीकृती गरेको मूख्यमन्त्रीका स्वकीय सचिब प्रेमबहादुर कुँवरले जानकारी दिएका छन् ।

प्रदेश मातहतमा रहेका अस्पतालहरु लाई आबश्यक पर्ने जनशक्ती तत्काल करारमा भर्ना गर्नका लागी निर्देशन दिईसकेको सामाजिक बिकास मन्त्री कृष्ण सुबेदीले बताए । मन्त्री सुबेदीले भने ‘कोभिड–१९ संग लड्नका लागी प्रदेश सरकार कुनै कसर बाँकी राख्दैन्, हामी जनशक्ती भर्ना गर्न मात्रै होईन, अस्पताललाई आबश्यक पर्ने प्रबिधी तथा अक्सीजन खरिदको पक्रीया पनि थालेका छौँ ।’

प्रदेश सरकारले सेती प्रादेशिक अस्पताल, टिकापुर अस्पताल, महाकाली अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल अछाम, जिल्ला अस्पताल बाजुरा, जिल्ला अस्पताल बझाङ, जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल दार्चुलामा आबश्यक पर्ने ४ सय ४६ जना जनशक्ती भर्ना गर्न अस्पतालाई अनुमती प्रदान गरि सकेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

Related News

सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
  • २०७८ बैशाख २२

धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...

TOP