२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

बैतडीमा शव बोकेको जीप दुर्घटना : ६ जनाको मृत्यु, ४ जना घाइते

बैतडी- जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलमा मंगलबार दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । दुर्घटनामा परी ४ जनाको घटनास्थलमै र २ जनाको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से१ज १२३ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।

पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जीप दुर्घटना हुँदा सोही गाउँपालिकाको वडा नम्बर ६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी र ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

दुर्घटना परी घाइते भएका चालक तेजबहादुर बोहरा र ५० वर्षीय खेमसिंह भण्डारीको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको वडा नम्बर ६ का अध्यक्ष राम सिँह पुजाराले बताए । दुर्घटनामा परी घाइते भएका अन्य ४ जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको उनले बताए ।

घाइते हुनेमा सोही ठाउँका ३५ वर्षीय मोहनसिंह भण्डारी, ३० वर्षीय हरिसिंह भण्डारी, २८ वर्षीय मदनसिंह भण्डारी र २४ वर्षीय दिलिपसिंह भण्डारी रहेका छन् । जीप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ । साँघुरो घुम्तीका कारण जीप दुर्घटनामा रहेको प्रहरीले जनाएको छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७८ बैशाख २१

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP