२०८० मंसिर २०, बुधबार
December 6, 2023, Wednesday

कोरोनाबाट थप ३७ जनाको मृत्यु, सात हजार ४४८ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २०२१ रहेको छ ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ । जसमध्ये ५४ हजार ४१ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ५० हजार १७२ जना होम आइसोलेसनमा र तीन हजार ८६९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

उपचाररत संक्रमितमध्ये ५७८ जना आईसीयूमा र १४२ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ९२२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ जना कोरोना संक्रमित भेटिएका छन् । तीमध्ये एक हजार १८१ जना अस्पतालमा उपचाररत छन् । जसमध्ये १७१ जना आईसीयूमा र ५६ जना भेन्टिलेटरमा रहेका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको कुल संख्या तीन हजार ३६२ पुगेको छ ।

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६१९, बाँकेमा ४४०, मोरङमा ३६२, कास्कीमा ३५५, चितवनमा १७५ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै कैलालीमा १२७, काभ्रेपलाञ्चोकमा ११९, कपिलवस्तुमा ११५, सुनसरीमा ११२ र दाङमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनकुटा र पर्सामा ९७/९७ जना, पाल्पामा ९३, कञ्‍चनपुरमा ६०, झापामा ४८, मकवानपुर र बर्दियामा ४४/४४ जना, नवलपरासी पश्‍चिममा ४२, नुवाकोटमा ३९, सिन्धुपाल्चोकमा ३२, गोरखा र सल्यानमा ३१/३१ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै महोत्तरीमा ३०, बैतडीमा २८, सिरहामा २७, डडेल्धुरामा २६, धादिङमा २५, म्‍याग्दी, नवलपरासी पूर्व र अर्घाखाँचीमा २४/२४ जना, सप्तरीमा २१, सर्लाही र लम्जुङमा २०/२० जना, गुल्मीमा १९, बारा र तनहुँमा १८/१८ जना, रौतहटमा १७, सिन्धुलीमा १६, जुम्लामा १५,पर्वतमा १४, उदयपुर र सल्यानमा १२/१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै संखुवासभामा १३, धनकुटा, रामेछाप र रोल्पामा १०/१० जना, प्युठानमा ८, बागलुङमा ९, खोटाङ र अछाममा ६/६ जना, तेह्रथुम र दैलेखमा ५/५ जना, इलाम, ताप्लेजुङ, भोजपुर र रसुवामा ४/४ जना कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी पाँचथर, सुर्खेत र दार्चुलामा ३/३ जना, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, मुस्ताङ, रूकुम पूर्व, कालीकोट, मुगु, हुम्ला र डोटीमा २/२ जना र रूकुम पश्चिम, बझाङ र बाजुरामा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९ वर्ष मुनिका १५६ बालबालिका र १० देखि १९ वर्ष मुनिका ४२९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७८ बैशाख २०

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP