२०८० मंसिर १९, मंगलवार
December 5, 2023, Tuesday

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त : गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादव नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मन्त्रिपरिषद सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

नियुक्तिका लागि सिफारिस गरिएका यादव पूर्वउपसभामुख हुन् भने पौडेल चितवन निवासी हुन् । उनी महिला आन्दोलनमा लागेकी व्यक्तित्व भएकाले नियुक्तिका लागि सिफारिस गरिएको बालुवाटार स्रोतले जानकारी दियो ।

सोमबार मन्त्रिपरिषद् बैठकले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख सर्मिलाकुमारी पन्तलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

नवनियुक्त  प्रदेश प्रमुखलाई आजै केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहण गराइने मन्त्रिपरिषद बैठकले निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। राष्ट्रपति कार्यालय स्रोतका अनुसार आज साँझ ५ बजे  उनीहरूको सपथको तयारी भएको जानकारी दिए।

यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए । माओवादी केन्द्रमै आवद्ध रहेका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भइसकेका छन् ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७८ बैशाख २०

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP