२०८० मंसिर २०, बुधबार
December 6, 2023, Wednesday

पूर्वीचौकीको जङ्गलमा कुहिएको अवस्थामा महिलाको शव फेला

डोटी- पूर्वीचौकी गाउँपालिकामा महिलाको शव भेटिएको छ । गाउँपालिकाको वडा नं. १ सिर्मा भन्ने ठाउँमा अन्दाजी ३५/४० वर्षीय महिलाको शव कुहिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए ।

मंगलबार राती दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिको सिमा क्षेत्रमा पर्ने स्वागत गेट नजिकै सडक देखि करिव एक किलोमिटर तल जङ्गलमा शव भेटिएको प्रहरीले जनाएको छ । शवको पहिचान खुल्न सकेको छैन ।

घटना स्थलमा एउटा पुरुषले लगाउने चस्मा, झोला र झोलाभित्र महिलाले प्रयोग गर्ने सल फेला परेको प्रहरी स्रातले जनाएको छ । प्रहरीले घटना स्थलको सुरक्षा सहित विस्तृत रुपमा अनुसन्धान अगाडी बढाएको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७८ बैशाख ८

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP