डोटी– सेती नदिमा बेपत्ता भएका युवकको शव फेला परेको छ । नदिमा बेत्ता सायल गाउँपालिका–४ डौडका ३२ वर्षीय सुर्य बोगटीको शव फेला परेको हो ।
शनिबार बेपत्ता भएका उनको शव मंगलबार दिपायल सिलगढी नगरपालिका–४ रातामाटी नजीकको नदिमा फेला परेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले बताए ।
उनि शनिबार दिउँसो नुहाउने क्रममा दिपायल सिलगढी नगरपालिका–४ दिपायलको पुल नजिकबाट बेपत्ता भएका थिए । नदिको बीच भागमा भेटिएको शव नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले निकालेको थियो । शवको पोष्टमार्टम पछि आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।
काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...