कैलाली– सांसद पद खारेज भएपछि कैलालीका दुई निर्वाचन क्षेत्रमा उपनिर्वाचनको मिति घोषणा गर्ने तयारीमा निर्वाचन आयोग लागेको छ । आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनौपचारिक परामर्श गरेसँगै उपनिर्वाचनको प्रक्रियामा लागेको हो ।
माओेवादी केन्द्रले प्रतिनिधि सभामा सदस्यमा निर्वाचित सांसद तथा हालका बहालवाला मन्त्रीहरू लेखराज भट्ट र गौरीशंकर चौधरीको पद खारेजी गराएको थियो । सरकारले कैलालीका ती दुई क्षेत्रमा सांसद पद रिक्त भएको पत्र निर्वाचन आयोगलाई पठाइसकेको छ ।
सांसद पद रिक्तको सूचना आएसँगै निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्रीसँग परामर्शसमेत गरिसकेका छन् । संविधानमा प्रतिनिधि सभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो, सोही प्रक्रियाद्वारा पूर्ति गर्नुपर्ने व्यवस्था छ ।
प्रतिनिधि सभा सदस्य पद खारेजीमा परेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट कैलाली–४ र श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी कैलाली–३ बाट निर्वाचित भएका थिए ।सर्वाेच्च अदालतद्वारा गएको फागुन २३ मा सत्तारुढ ‘नेकपा’ अवैध घोषित भएसँगै एमाले र माओवादी केन्द्र पूर्ववतः अवस्थामा पुगे । त्यसपछि एक–अर्कातिर घुलन भइसकेका सांसदहरू पदीय लोभसँगै मातृ पार्टी फर्किन मानेनन् ।
दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...