२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न स्थापना गरिएको डेउडा प्रतिष्ठानले पूर्वमन्त्री, महाकाब्यकार भक्तबहादुर बलायरको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो ।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष वरिष्ठ लोक गायक प्राज्ञ नरेन्द्रराज रेग्मीको अध्यक्षतामा बसेको बैठकले सल्लाहकार समिति चयन गरेको हो ।

सल्लाहकार सदस्यमा वरिष्ठ लोक गायक प्राज्ञ नन्दकृष्ण जोशी, संस्कृतिकर्मी एबं समाजसेवी दानबहादुर रावल, समाजसेवी निर्मल रतौकी, वरिष्ठ लोक गायक प्राज्ञ भोजराज भट्ट, वरिष्ठ लोक गायक एबं संगीतकार लालबहादुर थापा, साहित्यकार, लेखक एबं सञ्चारकर्मी हेमन्त विवसलाई चयन गरिएको प्रतिष्ठानका उपाध्यक्ष सुरत रावत ( डोटेली कान्छा)ले बताए ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७८ बैशाख २

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP