काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवको उपस्थितिमा सहमतिमा हस्ताक्षर भएको हो ।
सरकार र विप्लव समूहबीच बिहीबार तीन बुँदे सहमति भएको थियो । सहमतिमा दुबै पक्षका वार्ता टोलीका संयोजक रामबहादुर थापा बादल र खड्कबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर भएपछि प्रधानमन्त्री र चन्दले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा र उदय चलाउने रहेको अलग अलग वार्ता टोली गठन गरेका थिए ।
दुबै पक्ष देशको राजनीतिक समस्याहरु वार्ता र संवादमार्फत सहमत
नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण तरिकाले गर्न सहमत
नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउने, जेलमा रहेका कार्यकर्ताको रिहा र मुद्दाहरु खारेज गर्न सहमत ।
कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...
काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...
डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...