डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको आयोजना गरिएको हो ।
जिल्लाका होटल व्यवसायी, उद्योग वाणिज्य संघका पदाधिकारी, व्यापारी एवं पत्रकारहरुको सहभागिता रहेको वनभोज कार्यक्रममा होटल व्यवसायीहरुको अवस्था, व्यवसायीक सुधारका विषयमा छलफल भएको थियो ।
स्थापना दिवसको अवसरमा संघका संस्थापक अध्यक्ष खेमराज भण्डारीले केक काटेर कार्यक्रमको समुद्घाटन गरेका थिए ।
संघका अध्यक्ष राजेन्द्र शाहीले लकडाउनले थला परेको होटल व्यवसाय र त्यसपछिको अवस्था, व्यवसायीक जोखिमका विषयमा भेटघाट तथा छलफल हुने, व्यवसाय हितका लागि अझै एकजुट भएर लाग्न सकिने वातावरण बनोस् भनेर वनभोग कार्यक्रम गरिएको बताए ।
कार्यक्रमलाई गोर्खा ब्रुअरी र यति ब्रुअरीले सहयोग गरेको थियो ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...