२०७८ आश्विन ८, शुक्रबार
September 24, 2021, Friday

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला : १३ दिनभित्र बैठक बोलाउन आदेश

काठमाडौं- संवैधानिक इजलासले मंगलबार निर्णय सुनाउँदै सरकारले गरेको सिफारिसको निर्णय संविधानसम्मत नभएको भन्दै खारेज गरेको हो। 

अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई आदेश दिएको छ। 

५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिस सदर गरेकी थिइन्। 

नेकपा दाहाल–नेपाल समूह र केही अधिवक्ताले सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट हालेका थिए। 

प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध अदालतमा १३ वटा रिट परेका थिए। 

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिकुमार सिंन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन्। 

रिटमा एमिकस क्युरीले पनि राय दिएका थिए। एमिकस क्यूरीमा नेपाल बारबाट बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतिशकृष्ण खरेल तथा सर्वोच्च अदालत बारबाट पूर्णमान शाक्य र गीता पाठकले एमिकस क्युरीका रुपमा बहस गरेका थिए।

Related News

डडेल्धुरामा रिले अनशन, पुनः वडा अधिवेशन गर्नूपर्ने माग
डडेल्धुरामा रिले अनशन, पुनः वडा अधिवेशन गर्नूपर्ने माग
  • २०७७ फाल्गुन ११

डडेल्धुरा– नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नूपर्ने माग गर्दै पार्टी कार्यालयमा रिले अनशन...

साइन नेपालद्वारा विद्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण
साइन नेपालद्वारा विद्यालय र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण
  • २०७७ फाल्गुन ११

डोटी – मानवीय सेवामा अनेकौं प्रयास (SHIN, Nepal) धनगढीले स्वास्थ्य सामग्री वितरण गरेको छ । संस्थाद्वारा संचालित कोभिड – १९...

एमाले नेता रावत बेपत्ता
एमाले नेता रावत बेपत्ता
  • २०७७ फाल्गुन ११

धनगढी: नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य धन बहादुर रावत बेपत्ता भएका छन्। असोज ४ गते रामारोशन गाउँपालिका -७ सुतारमा...

TOP