२०७८ असार ८, मंगलवार
June 22, 2021, Tuesday

स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनेमा आशंका

डोटी । सरकारले घोषणा गरेको आगामी निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुनेमा आशंका व्यक्त गरीएको छ। जिल्ला निर्वाचन कार्यालय डोटीले निर्वाचन आचारसंहिता कार्यान्वयनमा सरोकारवालाहरुको भूमिकाका विषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमका सहभागीले आशंका व्यक्त गरेका हुन्।

दलहरुले विगत देखिनै निर्वाचन आचारसंहिताकाे उलंघन गर्ने गरेको सहभागीको भनाई छ । सहभागीहरुले आगामी निर्वाचनमा पनि आचारसंहिताकाे उलंघन हुने भएकाले नियमन गर्ने निकाय चनाखो र क्रियाशिल हुनु पर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष बेणीमाधव जोशीले आगामी निर्वाचन पनि स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी हुनेमा ढुक्क हुन सक्ने अवस्था नरहेको बताए । निर्वाचनमा ठूला दलहरुले चुनावी छाप अंकित सामग्री, गाडीको प्रयोग गर्ने देखि लिएर निर्बाचनमा धादली गर्ने गरेको बताउँदै कानुन बमोजिम तत्काल कारबाही गर्न सक्ने व्यवस्था हुनु पर्ने बताए । उनले निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुनेकी नहुने भन्ने विषय सत्तासीन सरकारकाे नियतमा पनि भर पर्ने बताए ।

नेकपा अध्यक्ष चक्र मल्लले एक्कासी घोषणा भएकाे निर्वाचन वर्तमान सरकारले तोकेकै समयमा भयो भने कयौ मतदाताहरु मतदानबाट वञ्चित हुने चिन्ता व्यक्त गरे । अबको दुई वर्ष पछि निर्वाचन हुन्छ मतदाता परिचय पत्र बनाउँदै गरुला भनेर पर्खेका योग्य मतदाताहरु मतदान गर्नबाट वञ्चित हुने उनको भनाइ छ ।

प्रमूख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी बनाउन कार्यक्रमका सहभागी सरोकावालाहरूकाे महत्व पूर्ण भूमिका रहने बताए । उनले आचारसंहिताले आफूलाई नै जिम्मेबार र मर्यादित बनाउने भएकाले यसको पालना गर्न आग्रह गरे ।

जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख दल बहादुर मलासीले निर्वाचनका लागि आबस्यक तयारी भएको जानकारी दिए । आयोगले तोकेको आचारसंहिता प्रस्तुत गर्दै उनले सरोकारवाला सबै आचारसंहितामा रहनु पर्ने बताए । आचारसंहिता उलंघन भएको घटनामा मुद्धा परे कानुन बमोजिम कारवाही हुने बताए ।

Related News

असार मसान्तकै बीच पूर्वीचौकी गाउँपालिकामा ताला
असार मसान्तकै बीच पूर्वीचौकी गाउँपालिकामा ताला
  • २०७७ फाल्गुन ६

डोटी – असार मसान्तकै बीच पूर्वीचौकी गाउँपालिकामा ताला लगाइएको छ । गाउँपालिकाका अध्यक्षले खेलकुद बजेट आफू निकटका व्यक्तिलाई दिएको आरोप...

२१ मन्त्री जिम्मेवारीमुक्त गर्न सर्वोच्चको आदेश
२१ मन्त्री जिम्मेवारीमुक्त गर्न सर्वोच्चको आदेश
  • २०७७ फाल्गुन ६

काठमाडौं– सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। योसँगै २१ जना मन्त्री जिम्मेवारीमुक्त भएका छन्। ...

सेती नदीमा देखिएको शव निकाल्न नसक्दा पुनः बेपत्ता
सेती नदीमा देखिएको शव निकाल्न नसक्दा पुनः बेपत्ता
  • २०७७ फाल्गुन ६

डोटी – डोटीस्थित सेती नदीमा देखिएको शव निकाल्न नसक्दा पुनः बगेर बेपत्ता भएको छ । आइतबार दिउँसो शिखर नगरपालिका–६ अणिउलस्थित...

TOP