२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली- कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ स्थित अन्डैयामा पाटे बाघले आक्रमणमा गर्दा २५ वर्षीया कला धामीको मृत्यु भएको हो ।

डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले उनको मृत्यु भएको पुष्टि गरे । पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएकि धामीलाई बाघले आक्रमण गरेको हो ।

हिजो मात्रै पाटे बाघ राजमार्ग क्षेत्रमा देखिएको थियो । वनकर्मीका अनुसार भारतको दुधुवा नेशनल पार्कबाट बाघ कैलाली भित्रिएको हो ।

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ फाल्गुन २

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP