२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

व्यावसायिक पत्रकारितामा जाेड दिउँ

जनतालाई सुसुचित गर्न ब्याबसायिक पत्रकारिता अावश्यक रहेकाे पत्रकारहरूले अाैंल्याएका छन् ।
बुधबार नेपाल पत्रकार महासंघ डाेटी शाखाकाे साधारण सभाकाे उद्घाटन शत्रमा पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष धमेन्द्र झाले जनतालाई सुसुचित गर्ने दायित्व पत्रकारकाे भएकाले कुनै पनि बहानामा पत्रकार निष्पक्षरूपमा सुचना प्रवाह गर्नबाट पन्छन नहुने बताए । उनले डाेटीमा अझै सशक्त रूपमा पत्रकार कृयाशिल हुनु पर्नेमा जाेड दिए ।
कार्यक्रममा बिशिष्ठ अतिथि रहेका प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले अबकाे पत्रकार महासंघकाे निर्वाचनमा युनियनकाे नेतृत्वमा सबै संगठनलाई अावद्व गरेर कार्यसमिति बनाउनु पर्ने प्रस्ताव राखे । अध्यक्ष सिग्देलले पत्रकारले लाेकतान्त्रिक चरित्र देखाउनु पर्ने बताए । साधारण सभामा केन्द्रीय सदस्य सृजना अर्याल, जयन्द्र देव जैशि, मीन बमले समेत ब्यावसायिक पत्रकारितामा जाेड दिएका थिए ।


कार्यक्रममा शिखर नगरपालिका प्रमुख सिताराम जाेशी, दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले समेत शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । दुबै नगरप्रमुखले समाज रूपान्तरणमा पत्रकारहरूकाे भुमिका अहम रहेकाे बताए । अाफुहरूका गल्ति र कम्जाेरीहरूमा समेत कलम चलाई रचनात्मक भुमिका खेल्न बताए । डाेटीका विभिन्न खबरहरू राष्ट्रिय संचारमाध्यमहरूमा प्राथमिकता नपाएकाेप्रति भने दुबैले दुखेसाे पाेखेका थिए ।
साे कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि , पत्रकारका विभिन्न संगठनका प्रमुख, विभिन्न पत्रकारहरूका बिभिन्न ब्यक्तित्वहरूले शुभकामना मनतब्य राखेका थिए ।
पत्रकार महासंघ डाेटी शाखाकाे कार्यालय भवनकाे समेत पुर्व अध्यक्ष धर्मेन्द्र झाले उद्घाटन गरेका थिए । झाले महासंघको मुल ढाेकामा रिवन काटेर उद्घाटन गरेका थिए । डाेटी शाखाका अध्यक्ष याेगेन्द्र बलायरले महासंघकाे भवन निर्माण तथा साधारण सभा सम्पन्न गर्न सहयाेग गर्ने सबैलाई धन्यबाद ब्यक्त गरेका थिए । साधारण सभामा डाेटी शाखाले पुर्व अध्यक्ष टेकेन्द्र देउबा, मीन बमलाई सम्मान गरेकाे थियाे । त्यस्तै शाखाले पुर्व अध्यक्ष उद्वव सिं ढाँटकाे अध्यक्षता रहेकाे कार्यसमितिका सम्पुर्ण सदस्यहरूलाई पनि सम्मान गरिएकाे सचिव गणेश माैनीले बताए । साे कार्यक्रममा महासंघकाे भवन निर्माणमा सहयाेग गर्ने विभिन्न दातृसंस्था, कार्यालय तथा ब्यक्तिहरूलाई समेत सम्मान गरिएकाे थियाे ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ माघ २९

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP