२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

युनियनमा आबद्ध पत्रकारहरूकाे दुर्घटना बिमा


नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारहरूकाे दुर्घटना तथा जाेखिम बिमा गरिएकाे छ ।
एशियन लाईफ ईन्स्याेरेन्स दिपायलले एक लाख बराबरकाे बिमा गरिदिएकाे प्रेस युनियनका अध्यक्ष प्रकाश बमले जानकारी दिएका छन् । एशियन लाईफ दिपायलका शाखा प्रबन्धक नवराज पण्डीतले समाजसेवाका लागि पत्रकारहरू निरन्तर जाेखिमका साथ खटिरहने भएकाले शाखाले दुर्घटना तथा जाेखिम बिमा गरिदिएकाे भए । ज्यानकाे बाजि राखेर समाज रूपान्तरणका लागि भुमिका खेलेकाले सम्मान स्वरूप बिमा गरिदिएकाे पण्डीतले बताए । शाखाले ५० तथा प्रेस युनियन डाेटीले बिमा वापतकाे बिमा शुल्क ब्यहाेरेकाे थियाे ।
डाेटीमा ०६५ सालदेखि शाखा संचालन गरेर सेवा दिदै अाएकाे एशियन लाईफ ईन्स्याेरेन्स डाेटीकाे पुरानाे बिमा कम्पनि हाे । एशियनले डाेटीबाट नै सबै प्रकारका बिमाहरूकाे भुक्तानी गर्दछ । जीवन बिमा काेष २३ अर्ब रहेकाे एशियन लाईफ नेपालकै अग्रणी कम्पनि भएकाे प्रबन्धक पण्डितले जानकारी दिए । एशियन लाईफकाे देशभर १४० शाखा कार्यालय रहेकाे छ ।
प्रेस युनियन नेपाली कांग्रेसकाे शुभेच्छुक संस्था हाे ।
यस अघि नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीर बहादुर बलायरकाे सहयाेगमा लुम्बिनी ईन्स्याेरेन्समा युनियन अावद्व ९२ पत्रकारहरूकाे काेराना बिमा गरिएकाे थियाे ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७७ माघ २९

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP