२०८२ बैशाख २९, सोमबार
May 12, 2025, Monday

दार्चुलाको महाकाली नदी थुनियो : सचेत रहन प्रशासनको आग्रह

सुदूरपश्चिम भएर बग्ने महाकाली नदी थुनिएकाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सचेत रहन आग्रह गरेको छ। भारतले बाटो विस्तार गर्ने क्रममा पहिरो खस्दा दार्चुलामा महाकाली नदी थुनिएको हो।

महाकाली थुनिएकाले जुनसुकै बेलापनि जम्मा भएको पानी फुट्न गई नदीको बहाव बढ्न सक्ने भएकाले नदी नजिक रहेका बस्तीलाई सचेत रहन कञ्चनपुर प्रशासनले सूचनामार्फत आग्रह गरेको छ। 

प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार अपराह्न माल्पा भन्ने ठाउँमा पहिरो खसेको हो। ‘बाटो विस्तार गर्दा ठूलो मात्रामा ढुंगा-बालुवा-गिट्टी नदीमा खसेको छ,’ पोखरेलले भने।

भारतीय पक्षले त्यहाँ पहरो भत्काउन ब्लाष्ट गरेको हुनसक्ने आशंका गरिएको छ। पहिरो खसेको नेपालपट्टि दार्चुलाको ब्यास गाउँपालिका-२ नम्बर वडा पर्छ। पहिरोले नेपाल तथा भारतपट्टि नदी थुनिएको पोखरेलले बताए।

नेपाल र दुबै पक्षका सुरक्षाकर्मीहरू पहिरो हटाउन लागिपरेको उनले बताए।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७७ माघ २०

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP