२०८३ बैशाख १०, बिहीबार
April 23, 2026, Thursday

प्रशासनद्वारा उत्सव खाने तेल आयात विक्रि वितरण तथा उपभोग गर्न रोक

गुणस्तर परीक्षणका लागि धनगढी पठाईयो


बाजुरा– जिल्ला प्रशासन कार्यालय बाजुराले उत्सव खाने तेल उपभोग नगर्न अनुरोध गरेको छ । राज श्री ईण्डस्ट्रिज प्रालि राजपुर कैलालीले उत्पादन गरेको उत्सव ब्राण्डको खाने तेलबारे गुनासो तथा उजुरी प्राप्त भएपछि उक्त तेल उपभोग, आयात र विक्रि वितरणमा रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै उत्सव ब्राण्डको खाने तोरीको तेलको सम्बन्धमा गुनासो तथा उजुरी प्राप्त भएकोले सो तेल बिक्रि वितरण तथा उपभोग नगर्न अनुरोध गरेको छ । तेलको निरीक्षणका क्रममा समेत कैफियत महसुस भएकाले गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताए ।

प्रशासनले उक्त तेल बिक्रि वितरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जनाएको छ ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ माघ १४

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP