२०८१ बैशाख ४, मंगलवार
April 16, 2024, Tuesday

युथ थिन्कर्स सोसाइटी र पत्रकारकाबीच भर्चुअल छलफल

डोटी– युथ थिन्कर्स सोसाइटी र पत्रकारका बीच भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकमा युथ थिन्कर्स सोसाइटीले गरिरहेका कार्य र संस्थाका बारेमा जानकारी गराईको छ ।

संस्थाले मानसिक स्वास्थ्यका विषयमा काम गर्दै आएको छ । मिडियाले मानसिक स्वास्थ्यका विषयमा कसरी सहयोग गर्नसक्छ भन्ने विषयमा पनि छलफल भएको छ ।

केन्द्रीय कार्यालय काठमाण्डौंमा रहेको उक्त संस्थाले सुदूरपश्चिममा मानसिक स्वास्थ्यका विषयमा खोज–अनुसन्धान, परामर्श तथा रेडियो कार्यक्रम उत्पादन र प्रसारण गर्दै आएको छ । विभिन्न भाषामा उत्पादन हुने उक्त कार्यक्रम सुदूरपश्चिमका दुई वटा रेडियो दिनेश एफ्.एम्. र रेडियो सुदूर आवाजबाट डोटेली भाषामा प्रसारण हुँदै आएको छ ।

युएन् वम्यानको सहयोगमा संस्थाले नेपालका विभिन्न ठाउँहरुमा युवा सञ्जालसँगको सहकार्यमा काम गर्दै आएको छ । संस्थाले हाल मानसिक समस्याका बारेमा छलफल, खोज–अनुसन्धान, तनाव व्यवस्थापन, मानसिक रोग सम्बन्धि परामर्श तथा मिडिया मार्फत यस बारेमा जानकारी तथा जनचतना फैलाउने कार्य गर्दै आएको कार्यक्रम संयोजक सिरपा श्रेष्ठले बताइन् । उनले कोभिड–१९ को महामारीका कारण धेरै व्यक्तिहरुमा मानसकि समस्या देखिएको बताउँदै यसको न्युनिकरणका लागि मिडियाको मुख्य भुमिका रहने भएकाले पत्रकारहरुसँग छलफल गरिएको बताइन् ।

भर्चुअल बैठकमा सहभागी मिडियाकर्मीहरुले सुदूरपश्चिममा मानसिक समस्या भएका बिरामीहरुको संख्यामा बृद्धि हुँदै गएको र आत्माहत्या गर्नेहरुको संख्यामा पनि बृद्धि भएकाले यसको न्यूनिकरणका लागि आफुहरुले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकाछन् ।

युथ थिन्कर्स सोसाइटीले यस बाहेक युवा, अपाङ्गता भएका व्यक्ति, महिला, सीमान्तकृत समुदाय र समलिङ्गी समुदायको विकास र समावेशीकरणमा केन्द्रित भएर कार्यशाला र कार्यक्रमको आयोजना गर्ने गरेको श्रेष्ठले बताइन् ।

Related News

सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि समाजवादीका सोडारीलाई अघि सार्ने निर्णय
सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि समाजवादीका सोडारीलाई अघि सार्ने निर्णय
  • २०७७ माघ ११

दिपायल – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एकीकृत समाजवादीले दीर्घ...

TOP